प्रारम्भिक अनुसन्धानबाट उक्त विस्फोटक पदार्थ पुरानो भएको खुलेको लम्बिनी प्रदेश प्रहरी प्रमुख डीआईजी उमेशराज जोशीले जानकारी दिए ।
“घटना रातिको हो । सडकखण्ड छेउछाउका कसैले पनि चाल पाएका रहेनछन् । पछि खाल्डो परेको देखिएपछि प्रहरी घटनास्थल पुगेको थियो । घटनास्थलमा पुराना तारहरू र केही पदार्थ भेटिएका छन् । ती द्वन्द्वकालको जस्तो देखिन्छ,“ डीआईजी जोशीले भने ।