दुई दिने राजकीय भ्रमणका लागि नेपाल आइपुगेका थानीले आजै राष्ट्रपति पौडेलसँग शीतलनिवासमा भेट गर्नेछन् ।उनको सम्मानमा राष्ट्रपति पौडेलले आजै राजकीय भोजको आयोजना गरेका छन् ।
थानीले प्रधानमन्त्री प्रचण्डसँग पनि भेट्ने सम्झौता र समझदारीमा हस्ताक्षर गर्ने कार्यक्रम पनि छ । थानी बुधबार बेलुका स्वदेश फर्किँदै छन् ।विमानस्थलको अति विशिष्ट कक्षमा २१ तोपको सलामी दिएर थानीलाई स्वागत र सम्मान गरिएको छ ।