Media Network

काली उर्लिएपछि शालिग्राम शिला डुबानमा


खबरस्टोरी संवाददाता

२९ श्रावण २०८०,सोमबार

पर्वत । केही दिनदेखिको अविरल वर्षाका कारण विश्वकै ठूलो शालिग्राम शिला डुबानमा परेको छ । पर्वत, स्याङजा र गुल्मीको संगमस्थलमा पर्ने पर्वतको विहादी गाउँपालिका–६ सेतीवेणीमा रहेको उक्त शालिग्राम शिला डुबानमा परेको हो।

कालीगण्डकीमा पानीको सतह उच्च विन्दुमा पुगेपछि शिला पूर्णरुपमा डुवानमा परेको हो ।पवित्र मानिने शालिग्राम शिला र शालिग्राम क्षेत्रका सत्तललगायत संरचना डुवानमा परेको र शिला संरक्षणका लागि बनाइएको तटबन्ध र ग्याबियनसमेत पुरिएपछि शिला दर्शन गर्न जाने सबै पूर्वाधारमा पूर्णरुपमा क्षति पुगेको छ।

मुस्ताङको कागबेनीमा ठूलो क्षति गरेको कालीगण्डकी आइतबार रातिदेखि यसवर्षकै उच्च बहावमा बगेको स्थानीयवासीले बताएका छन्। कालीगण्डएकी ‘ए’ जलविद्युत् आयोजनाको बाँधका कारण बाढी आउँदा पर्वत, स्याङ्जा र गुल्मी जिल्लाको सिमानामा पर्ने सेतीवेणी बजार डुबानको खतरामा छ ।उक्त् शिला विश्वकै ठुलो शालिग्राम हो ।



Share:
Reaction :
ताजा समाचार
खेलकुद