Media Network

कतारी राजा अमिरलाई ‘खगेन्द्रप्रसाद’ र ‘रुद्रकली’ उपहार


खबरस्टोरी संवाददाता

११ बैशाख २०८१,मंगलवार

काठमाडौ । दुई दिने नेपाल भ्रमणमा आउन लागेका कतारका अमिर राजा शेख तमिम बिन हमाद अल थानीलाई नेपालले उपहारमा दुईवटा हात्ती दिने भएको छ । थानी आज अपराह्न नेपाल आइपुग्ने परराष्ट्र मन्त्रालयले जानकारी दिएको हो ।

सौराहास्थित चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसरमा रहेको भाले छावा ‘खगेन्द्रप्रसाद’ र पोथी छावा ‘रुद्रकली’ दिने तयारी गरिएको छ । ०७५ मा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीको कतार भ्रमणका क्रममा नेपालले जनाएको प्रतिबद्धताअनुसार हात्ती उपहार दिइन लागिएको हो।

राष्ट्रपतिको कार्यालयका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई स्वागत गर्न स्वयं राष्ट्रपति पौडेल जानेछन् । कतारी अमिरको राजकीय भ्रमणका क्रममा उनको सम्मानमा नेपाली सेनाले २१ तोपको सलामी दिने बताइएको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद