Media Network

मेयर हर्क साम्पाङमाथि प्रश्न गर्ने युवक थुनामा


खबरस्टोरी संवाददाता

२३ भाद्र २०८०,शनिबार

सुनसरी । सामाजिक सञ्जाल फेसबुकमा चाहिँदो भन्दा बढी स्टाटस लेखेर चर्चा र विवादमा आइरहेका धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफूमाथि प्रश्न गरेको भन्दै एक युवकलाई प्रहरी हिरासतमा पु¥याएका छन् ।सामाजिक अभियान्त हुँदै धरानको मेयर बनेका साम्पाङले केही समय यता धरानमा लागुऔषधविरुद्ध सचेतना चलाउँदै आएका छन् । सोहीक्रम शुक्रबार साँझ पनि उनी आफ्ना प्रशंशकहरु बट्लेर धरान–१५ पुगेका थिए । सोक्रममा उनीमाथि प्रश्न गरेको भन्दै अशोक लिम्बूलाई नियन्त्रणमा लिएर प्रहरी हिरासतमा पु¥याएका हुन् ।


हातेमाइक बोकेर धरान १५ पुगेका मेयर साम्पाङलाई ती युवकले प्रश्न गरेका थिए । उक्त भिडिओ समाजिक सञ्जालमा सार्वजनिक भइसकेको छ । उक्त भिडियोमा ती युवकले ‘हर्क दाई धरानमा मान्छे डेंगीले बिरामी भएको तर तपाईंचाहिँ फोटो खिचाउँदै हिँड्ने ? भन्दै प्रश्न गरेका थिए । तर, जवाफमा साम्पाङ ‘तिमी विरोध गर्न आएको ?’ भन्दै थर्काएका छन् ।


त्यसैबीच साम्पाङले नगर प्रहरीलाई अशोकलाई पक्राउ गर्न निर्देशन दिन्छन् । मेयरको निर्देशनपछि नगर प्रहरीले अशोकलाई इलाका प्रहरी कार्यालय पु¥याएका थिए । प्रहरीका अनुसार ती युवक अहिले पनि प्रहरी थुनामै छन् । धरान प्रहरीले लिम्बूलाई मौखिक उजुरीका आधारमा थुना राखिएको बताएका छन् ।


प्रहरीले बिना उजुरी र बिना कसुर थुनामा राखेका युवकमाथि अराजकता फैलाएको मेयर साम्पाङको आरोप छ । फेसबुकमा उनले अराजकता फैलाउनेलाई थुनाएको लेखेका छन् ।




Share:
Reaction :
ताजा समाचार
खेलकुद