Media Network

पहिरोले गर्दा जयपृथ्वी राजमार्ग अवरुद्ध


खबरस्टोरी संवाददाता

१० असार २०८०,आईतवार

बैतडी । निरन्तर परेको वर्षाका कारण सडकमाथिबाट खसेको पहिरोले जय पृथ्वी राजमार्ग गए रातिदेखि अवरुद्ध भएको छ । उक्त राजमार्गअन्तर्गत बैतडीको श्रीभावरमा पहिरो खस्दा यातायात सेवा पूर्ण रूपमा बन्द भएको हो ।

यातायात सेवा पूर्ण रूपमा अवरुद्ध हुँदा यात्रु अलपत्र परेका छन् । बैतडी हुँदै बझाङ जाने र बझाङबाट बाहिरिने यात्रु बीचबाटोमै अलपत्र परेका छन् ।राजमार्ग अवरुद्ध भएपछि पहिरो पन्छाउने काम भईरहेको छ ।

पानी नरोकिँदासम्म पहिरो पन्छाउन नसकिने र राजमार्ग सञ्चालन गर्न अझै केही समय लाग्ने जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद