Media Network

पश्चिम नेपालमा वर्षासँगै हिमपात


खबरस्टोरी संवाददाता

१८ मंसिर २०८०,सोमबार

काठमाडौं । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका उच्च पहाडी भागहरुमा वर्षासँगै हिमपात भएको छ ।हुम्ला सदरमुकाम सिमकोटमा सोमबार बिहान ६ बजेदेखि नै हिमपात भइरहेको छ । हिमपातका कारण त्यहा अत्यधिक चिसो बढेको छ ।

सुर्खेतको वीरेन्द्रनगर र आसपासका क्षेत्रमा गएरातिदेखि आज बिहानसम्म पानी परेको छ । दैलेखमा पनि पानी परेको स्थानीयले बताएका छन् ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले हिमपात र वर्षा हल्का खालको रहेको जनाएको छ ।

मौसमविद सरोज पुडासैनीले भने, ‘पश्चिमी वायुको प्रभावले हल्का हिमपात र हल्का वर्षा भइरहेको हो ।’ यसको प्रभाव आज बेलुकादेखि कम हुँदै जाने अनुमान गरिएको उनले बताए ।

मौसमविदका अनुसार गण्डकी र बागमती प्रदेशमा सामान्य बदलीको अवस्था छ । कोशी प्रदेशको पहाडी भागमा आंशिक बदली छ भने मधेश प्रदेश र कोशी प्रदेशको दक्षिणी भूभागमा मौसम सफा छ ।

काठमाडौं उपत्यकामा कहिले घाम लाग्ने र कहिले बादल लाग्ने भइरहेको छ । काठमाडौं उपत्यकामा पनि चिसो बढेको छ तर पानी पर्ने सम्भावना भने ‘एकदम कम’ रहेको मौसमविद पुडौसैनीले बताए ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद