Media Network

पश्चिम रुकुममा जिप दुर्घटना हुँदा २२ जना घाइते


खबरस्टोरी संवाददाता

४ मंसिर २०८०,सोमबार

काठमाडौं । पश्चिम रुकुममा जिप दुर्घटना हुँदा कम्तिमा २२ जना यात्रु घाइते भएका छन्। प्रहरीका अनुसार ५ जना घाइतेको अवस्था गम्भीर छ ।

आज बिहान चौरजहारी नगरपालिकाको खोलागाउँदेखि सदरमुकाम मुसिकोट खलंगातर्फ जाँदै गरेको लु१ज २२९७ नम्बरको जिप मध्यपहाडी लोकमार्ग अन्तर्गत चौरजहारी नगरपालिका–८ गैरीजिउला भन्ने स्थानमा दुर्घटना भएको हो । जिप सडकबाट करिब २५० मिटर तल भेरी नदी किनारमा खसेको छ ।

घाइतेहरुलाई उद्धार गरी चौरजहारीको मिसन अस्पतालमा लगिएको छ । ‘२२ जना घाइतेलाई अस्पताल पुर्याइसकिएको छ, उद्धार कार्य अहिले पनि जारी छ,’ प्रहरीले भनेको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद