Media Network

सुर्खेतका लागि उड्ने तयारी गरेको बुद्ध एयरको जहाजले टेक अफ लिन सकेन


खबरस्टोरी संवाददाता

४ चैत्र २०७९,शनिबार

काठमाडौं । काठमाडौंबाट सुर्खेतका लागि उड्न लागेको बुद्ध एयरको जहाजमा समस्या देखिएको छ ।बुद्ध एयरको यु४१३३ जहाजमा समस्या देखिएपछि पार्किङ गरिएको छ ।

शनिवार बिहान काठमाडौंबाट सुर्खेतका लागि उड्ने तयारी हुँदा धावन मार्ग छाड्ने बेला उड्न नसकेको यात्रु मानव अधिकार एलायन्सका अध्यक्ष मीनबहादुर शाहीले बताए ।

जहाजमा देखिएको समस्याका बारेमा अहिलेसम्म एयरलाइन्सले केही भनेको छैन ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद