Media Network

सुदूरपश्चिममा भूकम्प, दिल्लीमा समेत धक्का


खबरस्टोरी संवाददाता

१० माघ २०७९,मंगलवार

काठमाडौं । सुदूरपश्चिम नेपालमा केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

बाजुराको मौला आसपास केन्द्रबिन्दु भएर दिउँसो २ बजेर ४३ मिनेटको समयमा ५ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ।

भूकम्पको धक्का नेपालका पोखरा, भैरहवाका साथै भारतको राजधानी दिल्लीमा समेत महसुस भएको छ ।

सुदूरपश्चिमका पहाडी जिल्लामा भूकम्पको धक्का बढी महसुस गरिएको छ । मानिसहरु भूकम्पपछि घर बाहिर निस्केका छन् ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद