Media Network

तारा एअरको विमानको आकस्मिक ढोका आकाशबाटै खस्यो


खबरस्टोरी संवाददाता

२४ मंसिर २०८०,आईतवार

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट लुक्लास्थित तेञ्जिङ हिलारी विमानस्थलतर्फ उडान भरेको तारा एअरको आकस्मिक ढोका आकाशबाटै गायब भएको छ । काठमाडौंबाट बिहान साढे ९ बजे लुक्लातर्फ उडेको 9N-ALO कलसाइनको तारा एअरको सो विमानले दुई यात्रु र कार्गो सामान बोकेको थियो । आइतबार बिहान १० बजे लुक्ला विमानस्थलमा अवतरण गरेपछि मात्रै विमानको आकस्मिक ढोका उडानकै क्रममा खसेको थाहा भएको हो ।
जहाजको आकस्मिक ढोकातर्फ प्लाईउडका पाता र थुप्रै सामान कोचिएका कारण ढोका खसेको थाहा नभएको चालकदलका सदस्यहरूले बताएका छन्‌ । नागरिक उड्ययन प्राधिकरणले आकाशमै ढोका खसेको ताराको जहाज ग्राउन्डेड गराई अनुसन्धान थालेको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद