Media Network

धरान जान प्रशासनले रोक लगाएपछि हिन्दु धर्मगुरुहरूले दिए सडकमै धर्ना


खबरस्टोरी संवाददाता

९ भाद्र २०८०,शनिबार

धरान । हिन्दुवादीहरूलाई धरान जानबाट प्रहरीले रोक लगाएपछि हिन्दु धर्मगुरु सम्मिलित समूहले पूर्व पश्चिम राजमार्ग अवरोध गरेका छन्। झापाको बिर्तामोड नगरपालिका र कन्काई नगरपालिका बीचको सीमामा बीच सडकमै धर्ना बसेर उनीहरूले सडक अवरोध गरेका हुन्।

स्वधर्मको रक्षा आह्वान गर्दै धरानबाहिर शान्तपूर्ण र्‍याली निकालिएको छ । हिन्दु धर्मका अगुवाहरूको नेतृत्वमा निस्केको र्‍यालीमा हजारौ‌ सर्वसाधारण सहभागी छन् ।इटहरीबाट निस्केको र्‍याली तरहराको पानीपियासम्म जानेछ । त्यहाँबाट भने निषेधाज्ञा लगाइएको छ ।आन्दोलनकारीहरुले निषेधाज्ञा लगाइएको ठाउँमा पुगेर धर्ना दिने कार्यक्रम रहेको छ ।

धरानमा स्वधर्मको रक्षा र सद्भावको आह्वान गर्दै हिन्दू धर्मका विभिन्न संघसंस्थाले शान्ति र्याली निकालेका हुन् ।मुठभेडको खतरा पैदा भएको भन्दै जिल्ला प्रशासन कार्यालयले २४ घण्टे निषेधाज्ञा जारी गरेको छ । र्‍यालीमा धर्मनिरपेक्षता खारेजी र हिन्दुराज्यको माग गर्दै नारावाजी भइरहेको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद