Media Network

इन्जिनियरिङ अध्ययन संस्थानले शुल्कवृद्धि पुनरावलोकन गर्न बनायो समिति


खबरस्टोरी संवाददाता

२० भाद्र २०८०,बुधबार

काठमाडौं । इन्जिनियरिङ अध्ययन संस्थानले आंगिक क्याम्पसहरुमा गरेको शुल्क वृद्धि पुनरावलोकन गर्नका लागि समिति बनाएको छ ।संस्थानले मंगलबार पुल्चोक इन्जिनियरिङ अध्ययन संस्थानका सहप्राध्यापक डा हरिराम पराजूलीको संयोजकत्वमा ११ सदस्यीय समिति बनाएको हो । 

जसमा सहप्राध्यापक नारायणप्रसाद गौतम, सह प्राध्यापक सञ्जिव पाण्डे, विद्यार्थी नेताहरु विराज अर्याल, नविन श्रेष्ठ, विज्ञान प्रधानलगायतका रहेका छन् ।

समितिलाई ७ निदभित्रमा आफ्नो प्रतिवेदन पेश गर्न समयावधि निर्धारण गरिएको छ । संस्थानले गत साउन २५ गते २०८०८१ का लागि लागू हुनेगरि स्नातक तहतर्फको विभिन्न कार्यक्रममा भारिमात्रामा शूल्क वृद्धि गरेको थियो । जसको तीव्र आलोचना भईरहेको छ ।

शूल्क वृद्धिको विरोध गर्दै पूल्चोक क्याम्पसका नेविसंघ इकाई सभापति शुलभ चापागाई ९ दिसम्म आमरण अनशनमासमेत बसेका थिए । भने नेकपा एमाले निकटको विद्यार्थी संगठन अनेरास्वयिुले विभिन्न आलका आन्दोलनको कार्यक्रम घोाषणा गरेको थियो ।

३ लाख १३ हजार रुपैयाँ शुल्क रहेकोमा संस्थानले वृद्धि गरी ७ लाख ७५ हजार ४ सय २० रुपैयाँ पु¥याएपछि विद्यार्थीहरूले विरोध गरेका थिए।

Share:
Reaction :
ताजा समाचार
खेलकुद