Media Network

जेठ १६ गतेबाट त्रिभुवन विश्वविद्यालय मातहतका क्याम्पसहरुमा बर्खे बिदा


खबरस्टोरी संवाददाता

११ जेष्ठ २०८०,बिहीबार

काठमाडौं । जेठ १६ गतेबाट त्रिभुवन विश्वविद्यालय मातहतका क्याम्पसहरुमा बर्खे बिदा हुने भएको छ । विश्वविद्यालय कार्यकारी परिषद्को सोमबार बसेको बैठकले त्रिविका आङ्गिक क्याम्पस, केन्द्रीय विभाग तथा विभागहरूमा पूर्वव्यवस्था अनुसार बर्खे बिदा गर्ने निर्णय गरेको हो ।

शिक्षक, कर्मचारी र विद्यार्थीहरूलाई यस वर्षको बर्खे बिदा आआफ्नो निकायको अनुकुलता (परीक्षा कक्षा सञ्चालन आदि अवस्था) मध्यनजर गरी जेठ १६ गते उप्रान्त बढीमा २० दिनसम्म दिन सकिने निर्णय गरेको हो ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद