Media Network

शुल्कवृद्धिको विरोधमा नेविसंघको प्रदर्शन


खबरस्टोरी संवाददाता

१२ भाद्र २०८०,मंगलवार

काठमाडौँ।नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघले मंगलबार त्रिभुवन विश्वविद्यालय पुल्चोक इन्जिनियरिङ अध्ययन संस्थानका डिन शशिधर राम जोशीको कार्यकक्ष परिसरमा प्रदर्शन गरेको छ । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) ले गरेको शुल्क वृद्धि फिर्ता गर्न माग गर्दै नेविसंघका विद्यार्थीले डिन जोशीको पुत्ला बनाएर विरोध जनाएका हुन् ।

जोशीको पुत्ला पुल्चोक क्याम्पसबाट बालुवाटारसम्म लैजाने तयारी भए पनि क्याम्पसबाहिर निस्कनासाथ प्रहरीले प्रदर्शनकारीको हातबाट पुत्ला खोसेको थियो । विद्यार्थीहरूको प्रदर्शन अहिले काठमाडौंस्थित माइतीघर मण्डलतर्फ अगाडि बढेको छ ।

आईओईले गरेको शुल्कवृद्धिको विरोधमा ८ दिनदेखि आमरण अनशनमा बसेका सुलभ चापागाईंको स्वास्थ्य कमजोर बन्दै गएपछि गएराति वीर अस्पतालमा भर्ना गरिएको नेविसंघका नेता बबिन बस्नेतले जनाए ।

शुल्क वृद्धि फिर्ता लिन एकसूत्रीय माग राख्दै नेविसंघका पुल्चोक क्याम्पस इकाई सभापति तथा सिभिल इन्जिनियरिङ सातौं सेमेस्टरका चापागाईं अनशनमा बसेका हुन् । इन्जिनियरिङ डिन कार्यालयले वृद्धि गरेको शुल्क फिर्ता लिन सबैजसो विद्यार्थी संगठनले माग अघि सारेका छन् । दुई पटकसम्म विद्यार्थी र डिन कार्यालयबीच वार्ता हुँदा पनि निष्कर्ष निस्किन नसकेको पुल्चोक क्याम्पसका स्ववियु सभापति विराज अर्यालले बताए ।

गत साउन २५ गतेको निर्णयअनुसार स्नातक इन्जिनियरिङको शिक्षण शुल्क ३ लाख १८ हजारबाट वृद्धि गरेर ७ लाख ७७ हजार पु¥याइएको डिन कार्यालयले जनाएको छ । पुल्चोक, थापाथली, पोखरा, धरान र चितवनमा आंगिक इन्जिनियरिङ क्याम्पसहरू सञ्चालनमा छन् । डिन कार्यालयबाट सम्बन्धन पाएका निजी क्याम्पसले स्नातक इन्जिनियरिङको शुल्क १६ लाखसम्म लिँदै आएका छन् ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद