Media Network

अन्ततः पुजा र पललाई जोड्यो रावायणले


खबरस्टोरी संवाददाता

११ बैशाख २०८१,मंगलवार

काठमाडौं। फिल्म रावायणको छाया‌कंन सुरु भएको छ । निर्माण पक्षले सोमबार जनकपुरबाट फिल्मको छायांकन सुरु गरेको हो ।सुदर्शन थापाको निर्देशन रहने यस फिल्ममा नायक पल शाह, नायिका पूजा शर्मा, प्रियंका कार्की, निकिता चण्डक, नायक प्रमोद अग्रहरी लगायतको मुख्य अभिनय रहने बताइएको छ  । उनीहरूसहित  प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदिप ढकालको अभिनय रहने बताइएको छ ।

सुदर्शन थापा प्रोडक्सन र पूजा शर्मा प्रोडक्शनको संयुक्त ब्यानरमा बन्ने यस फिल्म सुदर्शन थापा र पुजा शर्मा मिलेर निर्माण गर्न लागेका हुन् । यो फिल्म शिवम अधिकारीको लेखेका हुन्  ।पहिला निर्देशक थापाले यस फिल्मको मुख्य भूमिकामा नायक अनमोल केसी र मोडल नीति शाहलाई अनुबन्ध गरेका थिए । अनमोलले अन्तिम समयमा फिल्मबाट हात झिकेपछि यस फिल्मको निर्माण अलपत्र परेको थियो । यो घटनाले कानुनी रूप पनि लिएको थियो ।

अग्रिम भुक्तानी लिएर फिल्ममा काम नगरेका कारण अनमोल प्रहरीको नियन्त्रणमा समेत परे । नीतिको डेब्यू फिल्म रहने भनेर समेत फिल्मले चर्चा पाएको थियो । अहिले अनमोल र नीति दुवै फिल्ममा छैनन् । त्यस बेला यस फिल्म सुदर्शन थापा प्रोडक्सनको ब्यानरमा बन्ने घोषणा गरिएको थियो ।यस फिल्म भदौ २१ मा प्रदर्शनमा ल्याउने निर्माण पक्षको तयारी रहेको छ  ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद