Media Network

एनएसएलमा आज ललितपुर र चितवन भिड्दै


खबरस्टोरी संवाददाता

२४ मंसिर २०८०,आईतवार

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) मा आज ललितपुर सिटी एफसी र एफसी चितवनबीच प्रतिस्पर्धा हुँदैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अपराह्न ५ बजेबाट शुरु हुनेछ ।

यसअघिका चार खेलमध्ये एकमा जित र तीन खेलमा बराबरी गरेको ललितपुर तालिकाको चौथो स्थानमा छ । आइतबारको खेलमा जित निकाले ललितपुर तालिकाको शीर्ष स्थानमा उक्लिनेछ । चार खेलबाट पाँच अंक जोडेको चितवन तालिकाको पाँचौँ स्थानमा छ।

चितवनले यसअघि एक खेलमा जित, दुई खेलमा बराबरी गरेको छ । एक खेलमा हार बेहोरेको छ । ललितपुरसँग जित्न सके चितवन तालिकाको शीर्ष चारमा प्रवेश गर्नेछ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद