Media Network

फ्रेन्च कप फुटबलः एम्बाप्पे एक्लैको पाँच गोल


खबरस्टोरी संवाददाता

१० माघ २०७९,मंगलवार

काठमाडौं । फ्रेन्च कप फुटबलको सोमवार रातीको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)का लागि केलियन एम्बाप्पे एक्लैले पाँच गोल गरेका छन् । एम्बाप्पेको पाँच गोलको मद्दतमा पाएस डी कासे ७–० को फराकिलो अन्तरले पराजित भएको छ । 

सोमबार राति भएको खेलमा छैटौँ श्रेणीको पाएस डी कासेललाई ७–० गोल अन्तरले हराउँदै पिएसजी अन्तिम १६ मा प्रवेश गरेको छ । पिएसजीको जितमा केलियन एमबाप्पे एक्लैले ५ गोल गर्दा नेइमार र कार्लोस सोलेरले थप १–१ गोल गरेका थिए ।

खेलको २९ औं मिनेटमा एम्बाप्पेले गोल गर्दै खेलमा अग्रता दिलाएका थिए ।  ३३ औं मिनेटमा नेइमारले अग्रता दोब्बर पारे। त्यसको १ मिनेटपछि एम्बाप्पेले अग्रता तेब्बर पारे। ४० औं मिनेटमा गोल गर्दै एम्बाप्पेले ह्याट्रिक पुरा गर्दा पिएसजी ४–० ले अघि रह्यो।

एम्बाप्पेले दोस्रो हाफमा थप २ गोल ग¥यो। ५६ र ७९ औँ मिनेटमा थप दुई गोल गर्दै उनले ५ गोल पूरा गरेका थिए। एम्बाप्पे एकै खेलमा ५ गोल गर्ने पिएसजीको पहिलो खेलाडी समेत बने। थप अर्को गोल कार्लोस सोलेरले ६४ औँ मिनेटमा गरेका थिए।

Share:
Reaction :
ताजा समाचार
खेलकुद