Media Network

महिला भलिबल कपः आज नेपाल र बंगलादेश भिड्दै, जिते सेमिफाइनलमा प्रवेश


खबरस्टोरी संवाददाता

९ जेष्ठ २०८०,मंगलवार

काठमाडौं । काभा महिला भलिबल च्यालेन्ज कपमा आज नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

पहिलो खेलमा किर्गिस्तानलाई सोझो सेटमा हराएको आयोजक नेपाल आजको खेलमा पनि सोही लयलाई निरन्तरता दिने योजनामा छ ।

नेपालले आज पनि जिते एक खेलअगावै सेमिफाइनलमा पुग्नेछ । उता लिग चरणको पहिलो खेलमा भारतसँग सोझो सेटमा पराजित बंगलादेश पहिलो जितको खोजीमा हुनेछ ।च्यालेन्ज कपमा आज लिग चरणका चार खेल हुनेछन् । पहिलो खेलमा समूह एको किर्गिस्तानले भारतको सामना गर्नेछ । खेल बिहान १० बजे सुरु हुनेछ ।

समूह बीको अर्को खेलमा श्रीलंका र काजकिस्तान दिउँसो साढे १२ बजे भिड्ने छन् । आजको अन्तिम खेलमा उज्वेकिस्तान र मालदिभ्स साँझ साढे ६ बजे प्रतिस्पर्धा गर्ने छन् ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद