Media Network

पशुपतिमा विदेशी महिलाको नाचगान


खबरस्टोरी संवाददाता

१ आश्विन २०८०,सोमबार

काठमाडौं । हरितालिका तीजमा स्वदेशी मात्र नभइ विदेशी महिलाहरु पनि रमाएका छन् । पशुपतिनाथ मन्दिर परिसरमा सोमबार विदेशी महिलाहरुले तीज गीतमा नाचगान  गरेका छन्।

राता कुर्ता–सुरुवालमा सजिएका उनीहरु तीज गीतमा केहीबेर नाचेर नेपाली व्रतालु महिलाहरुलाई साथ दिए । आफूहरुसँगै विदेशी महिलाहरु पनि नाच्न थालेपछि नेपाली महिलाहरुले झन् रमाइलो मान्दै उनीहरुलाई नाच्न हौसाएका थिए ।

तीजको अवसरमा पशुपति नाथ मन्दिरमा पूजा गर्ने र नाचगान गर्नेहरुको बिहानैदेखि घुइँचो छ । उनीहरु पूजापछि नाचगान गर्दै रमाइरहेका छन् ।

नेपालमा मनाइने कतिपय चाडबाडहरु सबै धर्म र सम्प्रदायहरुले आपसमा मिलेर रमाइलो गर्ने गरेका छन् । नेपाली चाडबाडले मनोरञ्जनमात्र नभइ आपसी सदभाव र एकताको सन्देश पनि दिने गरेका छन् ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद