Media Network

रुसले जित्यो साफ यू-१७ महिला च्याम्पियनसिप उपाधि


खबरस्टोरी संवाददाता

१५ चैत्र २०७९,बुधबार

काठमाडौं । आमन्त्रित टोलीको रुपमा प्रतिस्पर्धा गरेको रुसले बंगलादेशमा सम्पन्न साफ यू–१७ महिला च्याम्पियनसिपको उपाधि जितेको छ ।

ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा मंगलबार भएको राउण्ड रोविन लिगको अन्तिम खेलमा भारतलाई २–० ले पराजित गर्दै रुस अपराजित रहेर च्याम्पियन बनेको हो । रुसको जितमा एभडिनको र कोट्लोभाले गोल गरे ।

पाँच राष्ट्र सहभागी च्याम्पियनसिपमा रुसले खेलेको चारवटै खेल जित्दै १२ अंक जोडेर उपाधि जितेको हो ।

च्याम्पियनसिपमा रुसले चार खेलमा कुल १७ गोल गर्दा १ गोल मात्र बेहोरेको थियो । भुटान विरुद्धको खेलमा रुसकै खेलाडीले आत्मघाती गोल गरेका थिए ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद