Media Network

यू १९ एसिया कप: नेपाल र पाकिस्तान भिड्दै


खबरस्टोरी संवाददाता

२२ मंसिर २०८०,शुक्रबार

काठमाडौ । एसिसी यू–१९ एसिया कपमा आज नेपालले पाकिस्तानसँग खेल्दैछ । आजदेखि दुबईमा सुरु भएको खेलमा नेपाली समय अनुसार बिहान सवा ११ बजे दुई देशबीच प्रतिस्पर्धा हुन लागेको हो । नेपालको कप्तानी देव खनाल र पाकिस्तानको कप्तानी साद बेगले गर्नेछन् ।

नेपाल रहेको समूह ‘ए’ मा भारत, पाकिस्तान र अफगानिस्तान छन्। समूह ‘बी’मा युएई, जापान, बंगलादेश र श्रीलंका छन् । नेपालले दोस्रो खेल अफगानिस्तानसँग मंसिर २४ र तेस्रो खेल भारतसँग मंसिर २६ मा खेल्नेछ। समूहका २ शीर्ष टिम सेमिफाइनल पुग्नेछन्।

यू–१९ एसिया कपको ८ पटक विजेता भारत र एक पटक विजेता पाकिस्तान एकै समूहमा रहेकाले नेपालका लागि चुनौतिपूर्ण रहनेछ। नेपाल टोलीमा देव खनाल कप्तान, दीपक डुम्रे, उत्तम थापा मगर, विपिन रावल, गुलशन झा, अर्जुन कुमाल, आकाश त्रिपाठी, हेमन्त धामी, दीपेश कंडेल, विशाल विक्रम केसी, सुभाष भण्डारी, दीपक बोहोरा, तिलक राज भण्डारी र आकाश चन्द रहेका छन् ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद