Media Network

आइतबारदेखि सुरु हुने भयो युनाइटेड अजोड इन्स्योरेन्सको कारोबार


खबरस्टोरी संवाददाता

१० जेष्ठ २०८०,बुधबार

काठमाडौं। युनाइटेड र अजोड इन्स्योरेन्स एक आपसमा गाभिएर बनेको युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीको कारोबार आगामी आइतबारदेखि सुरु हुने भएको हो । मर्जर प्रक्रियामा रहेका यी दुई कम्पनीले अन्तिम स्वीकृति पाएसँगै आगामी आइतबारदेखि एकीकृत कारोबार गर्ने निर्णय गरेका हुन् ।

यी दुई कम्पनी स्वाप रेसियो १ः८२.५ अनुपातमा मर्ज भएका हुन् । युनाइटेड अजोड इन्स्योरेन्सको अध्यक्षमा अजोड इन्स्योरेन्सका अध्यक्ष अजाद श्रेष्ठ रहने भने श्रवण रावल प्रमुख कार्यकारी अध्यक्ष हुने भएका छन् ।

अजोड इन्स्योरेन्सको हालको प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री डेपुटी सिइओ बन्ने निर्णय भएको छन् । मर्जपछि नयाँ कम्पनीको चुक्ता पुँजी एक अर्ब ९० करोड रुपैयाँ पुग्नेछ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद