Media Network

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?


खबरस्टोरी संवाददाता

१५ माघ २०८०,सोमबार

काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ सय रूपैयाँले बढेको हो ।आइतबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख १८ हजार रुपैयाँ कायम भएकोमा आज ३ सय रूपैयाँले बढेर १ लाख १८ हजार ३ सय रूपैयाँ कायम भएको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख १७ हजार ७५० सय रुपैयाँ कायम भएको छ ।त्यसैगरी, आइतबार चाँदीको मूल्य प्रतितोला १४ सय रुपैयाँमा कारोबार भईरहेको थियो आज ५ रूपैयाँले बढेर १४ सय ५ रूपैयाँ कायम भएको महासंघले जनाएको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद