Media Network

चालू खाता १२ अर्ब ९९ करोडले बचतमा


खबरस्टोरी संवाददाता

१ आश्विन २०८०,सोमबार

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको पहिलो महिना साउनको आर्थिक् तथा वित्तीय स्थितीबारे सार्वजनिक गरेको छ । उक्त तथ्यांक हेर्दा चालु खाता रु. १२ अर्ब ९९ करोडले बचतमा रहेको देखिन्छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.१५ अर्ब १३ करोडले घाटामा रहेको थियो ।  

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ११ करोड ८८ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा ९ करोड ८५ लाखले बचतमा रहेको छ । समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ६५.९ प्रतिशतले कमी आई रु.२७ करोड २६ लाख कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी रु.२ अर्ब ६५ करोडले धनात्मक रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु.८० करोड ३ लाख कायम भएको थियोभने खुद प्रत्यक्ष वैदेशिक लगानी रु.१ अर्ब ४० करोड ऋणात्मक रहेको थियो ।

त्यस्तै, यस अवधिमा शोधनान्तर स्थिति रु.३२ अर्ब ९० करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.१९ अर्ब ७६ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १५ करोड ५२ लाखले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २४ करोड ९५ लाखले बचतमा रहेको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद