Media Network

मिस युनिभर्स नेपाल दीपिका र एल-साल्भाडोरका राष्ट्रपतिबीच भेट


खबरस्टोरी संवाददाता

४ मंसिर २०८०,सोमबार

काठमाडौं । मिस युनिभर्सको फिनालेलगत्तै मिस युनिभर्स नेपाल जेन दीपिका गारेटले एल–साल्भाडोरका राष्ट्रपति नायब बुकेलेसँग राष्ट्रपति कार्यालयमा भेट गरेकी छन् ।   उक्त भेटपछि दीपिकाले इन्स्टाग्रामबाट तस्वीर सेयर गरेकी छन् ।

मिस युनिभर्समा सहभागी हुने पहिलो ‘प्लस साइज’ मोडलको रुपमा अन्तर्राष्ट्रिय चर्चा पाइरहेको पृष्ठभूमिमा दीपिका र राष्ट्रपति बुकेलेबीच भेट भएको हो । भेटप्रति खुसी व्यक्त गर्दै दीपिकाले आफूले सम्मान महसुस गरिरहेको बताएकी छन् ।

उनी लेख्छिन्, ‘यो मुलुकमा उपस्थित हुन पाउँदा र राष्ट्रपति महोदयलाई भेट्न पाउँदा सम्मानित महसुस गरिरहेकी छु । साथै, सुन्दर, दयालु र उदार मनका एल–साल्भाडोरका मानिससँग भेट्दा पनि खुसी छु । म यो समृद्ध मुलुक र यसले दर्शाएको प्रेमप्रति कृतज्ञ छु । अर्को भेटसम्म मेरो हृदय तपाईंहरुसँगै छ ।’

यस वर्षको मिस युनिभर्सको आयोजना एल–साल्भाडोरले गरेको हो । प्रतिस्पर्धाको उद्घाटन गर्दै राष्ट्रपति बुकेलेले मिस युनिभर्सको आयोजना आफ्नो मुलुकका लागि पुनर्जन्म भएको बताएका थिए । नेपाली समयानुसार आइतबार बिहान भएको प्रतिस्पर्धामा नेपाल अन्तिम २० मा समेटिएको थियो । प्रतिस्पर्धाको प्रारम्भिक चरणबाटै नेपालकी प्रतिस्पर्धी दीपिकाको चर्चा भइरहेको थियो ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद