Media Network

नेप्सेमा आठ अंकले बृद्धि


खबरस्टोरी संवाददाता

१० माघ २०७९,मंगलवार

काठमाडौं।अघिल्लो दिन दोहोरो अंकले घटेको नेप्से आज मंगलबार भने बढेको छ । नेप्से आज आठ दशमलव १४ अंकले बढेर २१ सय ७३ दशमलव २४ अंकमा चढन् सफल भएको छ । यसैगरी सेन्सिटिभ पनि दुई दशमलव ५३ अंकले बढेर चार सय १५ दशमलव ५४ अंकमा चढ्न सफल भएको छ । नेप्सेमा आज दुई सय ४८ वटा कम्पनीहरुको ५२ हजार चार सय ६० पटकको कारोबारमा ८३ लाख एक सय ८७ कित्ता सेयर कारोबार भएका छन् । सो अनुसार आज कुल कारोबार रकम तीन अर्ब ३२ लाख ३९ हजार रुपैंयाँ कायम भएको छ । 

आज नेप्सेमा १३ वटा समुहको कारोबार हुुँदा बाँणिज्य बैंक, उत्पादनमुलक, लगानी र सामुहिक लगानी कोष सहितका चार वटा समुहहरुको सुचक घटेर रातो देखिएपनि बिकास बैंक, फाईनान्स, निर्जिवन बीमा, जीवन बीमा, जलबिद्युत, होटल तथा पर्यटन, लघुवित्त, अन्य र टे«डिङ सहितका नौं वटा समुहहरुको सुचक बढेर हरियो देखिएको छ । 

सानिमा जनरल इन्स्योरेन्स कम्पनी, शिवश्री हाईड्रो पावर कम्पनी, कृषि बिकास बैंक आदिले कमाएका छन् भने मैलुङखोला जलबिद्युत कम्पनी, एनआईबिएल समृद्धि फण्ड २, मन्दाकिनी हाईड्रोपावर लिमिटेड आदिले गुमाएका छन् । नेपाल टेलिकम, शिवश्री हाईड्रो पावर कम्पनी, अपी पावर लिमिटेड, एनआईसी एशिया बैंक आदिको भने आज बढी रकम कारोबार भएका छन् ।  

Share:
Reaction :
ताजा समाचार
खेलकुद