Media Network

नेप्सेमा १६ अंकले बृद्धि


खबरस्टोरी संवाददाता

१० जेष्ठ २०८०,बुधबार

काठमाडौं।साताको चौंथो कारोबार दिन आज बुधबार पनि नेप्से बढेको छ । नेप्से आज १६ दशमलव ४९ अंकले बढेर १९ सय ५९ दशमलव १२ अंकमा कायम रहन सफल भएको छ । यसैगरी सेन्सिटिभ पनि तीन दशमलव ५८ अंकले बढेर तीन सय ७१ दशमलव ३१ अंकमा पुग्न सफल भएको छ । दुई सय ७० वटा कम्पनीहरुको ३४ हजार आठ सय ४१ पटकको कारोबारमा ४८ लाख ६५ हजार चार सय ७५ कित्ता सेयर किनबेच भएका छन् । सो अनुसार आज कुल कारोबार रकम एक अर्ब ८७ करोड ३० लाख १८ हजार २४ रुपैंयाँ कायम भएको छ । 

नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार हुँदा फाईनान्स, जलबिद्युत र सामुहिक लगानी कोष समुहको सुचक घटेर रातो देखिएको छ भने बाँणिज्य बैंक, बिकास बैंक, जीवन बीमा, निर्जिवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र टे«डिङ समुहहरुको सुचक बढेर हरियो देखिएको छ । 

आज आत्मनिर्भर लघुवित्त वित्तीय संस्था, युनिलिभर नेपाल लिमिटेड आदिको सेयर मुल्य बढेका छन् भने सानिमा इक्विटी फण्ड, अजोड इन्स्योरेन्स कम्पनी आदिको सेयर मुल्य घटेका छन् । शिवम सिमेन्ट, नेशनल लाईफ इन्स्योरेन्स कम्पनी आदिको भने बढी रकम कारोबार भएका छन् ।  

Share:
Reaction :
ताजा समाचार
खेलकुद