Media Network

नेप्सेमा तेस्रो सर्किट ब्रेक, ६ प्रतिशत बढेपछि आजका लागि सेयर कारोबार बन्द


खबरस्टोरी संवाददाता

२४ मंसिर २०८०,आईतवार

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजारमा उछाल आएको छ । बजार खुलेको एक घण्ट १५ मिनेटमै नेप्से परिसूचक १११. २० अंक अर्थात ६ प्रतिशतले बढेपछि आजलाई सेयर कारोबार बन्द भएको हो।

आइतबार बजार खुलेदेखिनै सेयर बजार लगातार बढ्न थालेका थियो भने १२ बजेर १५ मिनेट जादा तेस्रो पटक सर्किट लागेर दिनभरीका लागि सेयर बजार बन्द भएको छ ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा सार्वजनिक गरेपछिको पहिलो दिन आज विहानैदेखि नेप्सेमा उछाल आएको हो।राष्ट्र बैंकले ब्याजदर घटाउने र कर्जा लगानी बढाउने नीति लिएसँगै बजारमा उत्साह देखिएको छ।

आइतबार कुल १० मिनेट मात्रै सेयर कारोबार भएको छ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद