Media Network

पाँच सय रुपैयाँले बढ्यो सुन


खबरस्टोरी संवाददाता

२ आश्विन २०८०,मंगलवार

काठमाण्डौं । नेपाली बजारमा आज सुनको भाउ पाँच सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ बढेर आज तोलाको एक लाख १३ हजार रुपैयाँमा पुगेको छ । आजको भाउ हिजोको भन्दा तोलामा ५ सय रुपैयाँले धेरै हो ।

हिजो सुनको भाउ तोलामा एक लाख १२ हजार ५ सय रुपैयाँ थियो । आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा ५ रुपैयाँले बढेर एक हजार चार सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद