Media Network

शिवम् सिमेन्टको “शिवम्संग उपहार टन्न” उपहार योजनाको मेगा लक्की–ड्र सम्पन्न


खबरस्टोरी संवाददाता

३ चैत्र २०७९,शुक्रबार

काठमाडौं।नेपालको अग्रणी सिमेन्ट उद्योग शिवम सिमेन्टद्वारा “शिवम्सँग उपहार टन्न” उपहार योजनाको मेगा लक्की ड्र अन्तर्गत भाग्यशाली (उपभोक्तातर्फ ३० जना तथा विक्रेतातर्फ ३० जना) ६० जना विजेताहरुको नाम लक्की–ड्रमार्फत पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ । जस अन्तर्गत उपभोक्तातर्फ ४७ तोला तथा विक्रेतातर्फ  ४७ तोला सुन उपहार राखिएको थियो ।

आज सम्पन्न मेगा लक्की ड्र कार्यक्रममा उपभोक्तातर्फ प्रथम पुरस्कार बापत २ भाग्यशाली विजेता बाग्मती–पोखरा क्षेत्रबाट कृष्ण मानन्धर र उपत्यका बाहिरबाट चन्चल चौधरी ले  ५÷५ तोला सुन प्राप्त गरेका छन् भने, दोस्रो पुरस्कार अन्तर्गत शिवराम, युवराज कार्की, चन्दन सिंह र सुरेश गरी ४ जनाले ३÷३ तोला सुन जितेका छन त्येस्तै तेस्रो पुरस्कार अन्तर्गत विनोद आचार्य, नकुल पौडेल, शाह इन्जिनियरिङ कन्ट्रक्शन प्रा.लि, हेल्थ एण्ड हाईजनिक प्रा.लि., अरुण यादव तथा मनोज यादव गरी ६ जनाले २÷२ तोला सुन जित्न सफल भएका छन् साथै चौथो ८ जनालाई १÷१ तोला सुन तथा अन्य १० जनाले आधा÷आधा तोला सुन जित्न सफल भएका छन् ।

यसअघि भएका मासिक लक्की–ड्रहरुबाट उपभोक्तातर्फ ६० जना तथा विक्रेतातर्फ ८० जना भाग्यशाली विजेताहरुको छनौट भई सकेको छन् जस अन्तर्गत ४ जोडिले थाईल्याड भ्रमण, ८ जोडिले गोसाईकुण्ड हेली टुर, २० जोडिले माउन्टेन फ्लाईट, २८ जनाले आधा के.जी.चाँदी, ३२ जनाले हिराको औंठी, १६ जनाले सुनको सिक्रि, १६ जनाले सुनको औंठी र १६ जनाले २ ग्राम सुनको सिक्का जितिसकेका छन् । साथै स्योर सट पुरस्कार मार्फत पनि २ लाख २५ हजार भन्दा बढि ग्राहकहरुले सुन, चाँदी तथा नगद उपहारबाट लाभांवित भएका छन् । शिवम् सिमेन्टले यहिमंसिर १८ गते देखि “शिवम्सँग उपहार टन्न” उपहार योजना सार्वजनिक गरेको थियो जस अन्तर्गत प्रत्येक २० बोरा शिवम् सिमेन्टको खरिदमा ग्राहकले एउटा हात खाली नहुने स्क्र्याच कुपन प्राप्त गरि रु. २००÷– देखि रु. ५००÷– सम्म नगद वा १५ ग्राम चाँदीको सिक्का वा २.५ ग्रामदेखि ५ ग्रामसम्म सुनको सिक्का वा सुनको सिक्री पक्का उपहार राखिएको थियो भने सोहि कुपनको अर्धकट्टीमा नाम, टेलिफोन नम्बर र ठेगाना लेखि मासिक लक्की ड्र तथा मेघा लक्की ड्रमा भाग लिन सक्ने व्यवस्था मिलाईएको थियो । यस योजनामा छोटो समयमै ग्राहकको उल्लेख्य संख्यामा सहभागिता रहेकोे थियो । छोटो समयमा उत्साहजनक रुपमा सहभागिता जनाई यस उपहार योजनालाई सफल पार्न सहयोग गरिदिनु भएकोमा शिवम् सिमेन्ट्स परिवार सम्पूर्ण उपभोक्ता, ग्राहकवर्ग र वितरकहरुप्रति हार्दिक आभार प्रटक गर्दछौं । यो उपहार योजनामिति २०७९ मंसिर १८ देखि नेपालभरी लागू गरिएको थियो । 

शिवम् सिमेन्ट ग्राहकहरु द्वारा अत्याधिक रुचाईएको असलीओ.पि.सि. सिमेन्ट हो । ओ.पि.सि सिमेन्ट मात्र उत्पादन गर्दै आईरहेको शिवम् सिमेन्टले स्थापनाकालदेखि नै आफ्नै चुनढुङ्गा खानीबाट उत्खनन् गरिएको उच्चकोटीको चुनढुङ्गाबाट गुणस्तरीय ओ.पि.सि. सिमेन्ट मात्र उत्पादन तथा विक्रि वितरण गर्दै आइरहेको छ । उत्पादन समयदेखि नै निरन्तर गुणस्तरीय सिमेन्ट उत्पादनतथाविक्रिवितरण गर्दै आईरहेको शिवम् आफ्नो गुणस्तरीय उत्पादनकै कारण नेपाली सिमेन्ट जगतमै पहिलो पटक नेपाल नापतौल तथा गुणस्तर विभागबाट एन.एस. क्वालिटी अवार्ड–२०१९ प्रथमबाट पुरस्कृत भएको थियो भने हालै बिज न्युजद्धारा बेष्ट म्याजेन कम्पनी अफ दि एयर २०२२ अर्वाडद्धारा सम्मानित गरेको छ । व्यक्तिगत, व्यवसायिकतथा राष्ट्रिय गौरवका विभिन्न ठुला–ठुला आयोजनाहरुका अनेकौं संरचना निर्माणमा समेत शिवम् सिमेन्टले विगत लामो समय देखि महत्वपूर्ण भुमिका प्रस्तुत गर्दै आइरहेको छ । 

“भरोसा अटुट सम्बन्धको”, “क्वालिटीको मामलामा नो कम्प्रमाईज, “गुणस्तरको पहिचानहो शिवम्” तथा “गुणस्तरमा कहिल्यै सम्झौता नगरौँ” जस्ता मुलनाराका साथ अगाडि बढिरहेको शिवम् सिमेन्ट्स लिमिटेडले आफ्नो गुणस्तरीय उत्पादन तथा बिक्रीवितरण र बिक्री पछिको प्राविधिक सेवाको कारणले पहिलो स्थानमा रहन सफल भएको छ । 

नेपालको केन्द्र भाग हेटौँडामा स्थापित यस सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधीयुक्त प्लान्टबाट आफ्नै चुनढुङ्गाकोे प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र ४३ तथा ५३ ग्रेडको शिवम् सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ । उच्च गुणस्तर, निःशुल्क प्राविधिक सेवा समेतका कारणले गर्दा नै शिवम् सिमेन्ट ग्राहकहरुद्वारा अत्याधिक रुचाइएको तथा विश्वास गरिएको असली ओ.पि.सि. सिमेन्ट बन्न सफल भएको हो । नेपाल गुणस्तर चिन्ह ५७२, ४९ तथा बिआईएस (आईएसआई), युआरएस प्रमाणित आईएसओ प्रमाणपत्र प्राप्त शिवम् सिमेन्टले देशको भौतिक विकास निर्माणमा विभिन्न असहज परिस्थितिमा पनि निरन्तर सेवा तथा सुविधा दिदैँ आएको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद