Media Network

चिकित्सक र स्वास्थ्य मन्त्रालयका अधिकारीबीच वार्ता जारी


खबरस्टोरी संवाददाता

३१ भाद्र २०८०,आईतवार

काठमाडौं । सातबुँदे माग राखेर आन्दोलनमा उत्रिएको नेपाल चिकित्सक संघ र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको टोलीबीच वार्ता जारी छ ।

अतिरिक्त सचिव डा. विकास देवकोटासहितको पाँच सदस्यीय टोली र संघका प्रतिनिधिबीच मन्त्रालयमा वार्ता भइरहेको संघका महासचिव डा. सञ्जीव तिवारीले जानकारी दिए ।

संघले आज देशभरका अस्पतालमा ओपीडी सेवा बन्द गराएको छ । यसअघि, मकवानपुरको हेटौँडास्थित सन्चो अस्पतालमा चिकित्सकमाथि आक्रमणका दोषीलाई कानुनी दायरामा ल्याउन सरकारलाई ७२ घण्टे ‘अल्टिमेटम’ दिएको थियो ।

उपचारमा लापरबाही गरेको भन्दै यही भदौ २७ गते डा. विकास थापा र डा. प्रशान्त बिडारीमाथि कुटपिट गरिएको थियो । सो घटनासँगै देशभरका चिकित्सक आन्दोलित छन् ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद