Media Network

अमेरिकाको क्यालिफोनियामा गोली चल्दा १० जनाको मृत्यु


खबरस्टोरी संवाददाता

९ माघ २०७९,सोमबार

क्यालिफोर्निया । क्यालिफोर्नियाको मोन्टेरी पार्कको एक व्यापारिक परिसरमा गोली चल्दा कम्तीमा १० जनाको मृत्यु भएको छ । संदिग्ध आक्रमणकारी पनि मारिएका छन् । लस एन्जलस काउन्टी सेरिफ विभागले गोलाबारीका संदिग्ध पुरुष भएको जनाएको छ ।

चान्द्रमान अनुसार मनाइने नववर्षको अवसरमा आयोजित एक मेलाका अवसरमा व्यापारिक परिसरमा हजारौँ मानिसहरू भेला भएका थिए । आक्रमणपछि शहरमा प्रहरीको बाक्लो उपस्थिति थियो ।आक्रमणको कारण भने खुलेको छैन् ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद