सन् २०२४ मा हुने निर्वाचन नजिकिँदै गर्दा भारतमा राजनीतिक उथलपुथल हुने संकेत देखिएका छन् । यसै परिपेक्षमा जनता दल ९युनाइटेड०का तर्फबाट मुख्यमन्त्री बनेका कुमार र लालु यादव नेतृत्वको पार्टी राष्ट्रिय जनता दलबीच मनमुटाव शुरू भएको थियो ।यो बीचमा मुख्यमन्त्री कुमारको राजीनामा आएको हो । कुमार मुख्यमन्त्रीबाट राजीनामा दिएलगतै भारतीय जनता पार्टी ९भाजपा०ले समर्थन गर्ने आश्वासन दिएको बताइएको छ ।