Media Network

डोनाल्ड ट्रम्पलाई १० लाख डलर जरिवाना


खबरस्टोरी संवाददाता

७ माघ २०७९,शनिबार

वासिङ्टन । बिहीबार अमेरिकाका एक जिल्ला न्यायाधीशले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले करिब १० लाख डलर जरिवाना तिर्नुपर्ने आदेश दिएका छन् । ट्रम्पले हिलारी क्लिन्टनविरुद्ध ७ करोड डलरक्षतिपूर्तिको माग गर्दै मानहानीको मुद्दा दायर गरेका थिए । अदालतले हिलारी र अन्य विरुद्ध दायर गरिएको मानहानीको मुद्दालाई व्यर्थ करार गरेको हो ।

डोनाल्ड ट्रम्पले गत मार्चमा हिलारी क्लिन्टन, डेमोक्र्याटिक नेशनल कमिटी र अन्यले २०१६ को चुनावमा झूटो कथा र ट्रम्पको अभियानलाई रुससँग जोड्ने प्रयास गरेको आरोप लगाउँदैमुद्दा दायर गरेका थिए । ट्रम्पले यसका लागि ७ करोड डलर क्षतिपूर्ति मागेका थिए।

तर, यो मुद्दा सेप्टेम्बरमा नै खारेज भएको थियो र एक प्रतिवादीको अपिलमा डोनाल्ड ट्रम्पलाई ६५ हजार डलर जरिवाना पनि गरिएको थियो । यो पछिल्लो आदेश हिलारी क्लिन्टनको अपीलमा आएको हो । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद