Media Network

इजरायलले इरानविरुद्ध थाल्यो आक्रमण


खबरस्टोरी संवाददाता

७ बैशाख २०८१,शुक्रबार

काठमाडौँ । इजरायलले शुक्रबार आज इरानका धेरै सहरमा मिसाइल आक्रमण गरेको छ।इरानको आणविक प्लान्टमा पनि मिसाइल खसेको बताइएको छ।

इरानको सरकारी समाचार एजेन्सीका अनुसार इरानको इस्फाहान सहरको एयरपोर्टमा पनि विस्फोटको आवाज सुनिएको छ। यस सहरमा धेरै आणविक प्लान्ट छन्।इरानको सबैभन्दा ठूलो युरेनियम कार्यक्रम पनि यही ठाउँबाट चलिरहेको छ। विस्फोटपछि धेरै उडानहरू डाइभर्ट गरिएका छन्।

यसअघि इरानले गत शनिबार राति इजरायलमा करिब ३ सय ड्रोन र मिसाइल प्रहार गरेको थियो। जसमध्ये झन्डै ९९ प्रतिशत ड्रोन र मिसाइल बीचमै खसालेको दाबी इजरायलले गरेको थियो।त्यसो त इरानले अप्रिल १ मा सिरियाको राजधानी दमास्कसस्थित इरानी वाणिज्य दूतावासमा भएको घातक हमलाको बदलास्वरूप शनिबार इजरायलमा आक्रमण गरेको थियो। इरानी दूतावासमा भएको आक्रमणमा १३ जनाको ज्यान गएको थियो ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद