Media Network

न्यूजिल्याण्डको कर्माडेक द्वीपमा भूकम्प, सुनामीको चेतावनी


खबरस्टोरी संवाददाता

२ चैत्र २०७९,बिहीबार

काठमाडौं । न्यूजिल्यान्डको केर्माडेक द्वीपमा ७.१ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक संस्था (युएसजीएस)ले जनाएको छ 

आज बिहान १० किलोमिटर गहिराइमा केन्द्रविन्दु भएर भूकम्प गएको हो । भूकम्पको तीव्रता ७.१ म्याग्निच्युड मापन भएको र सुनामीको चेतावनी जारी गरिएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।

सुनामीले क्षति पुर्‍याउन सक्ने भएकाले न्यूजिल्याण्ड र टोगा क्षेत्रमासमेत सतर्कता अपनाइएको छ ।

यसअघि २०७५ साल भदौमा केर्माडेक द्वीपमा ६.९ म्याग्निच्यूडको भूकम्प गएको थियो । न्यूजिल्याण्डलाई भूकम्प र ज्वालामूखीजस्ता प्राकृतिक प्रकोपले सताइएको देश भनेर पनि चिनिन्छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद