Media Network

रुसको लडाकु विमानसँग ठोक्किएर अमेरिकी ड्रोन दुर्घटना


खबरस्टोरी संवाददाता

१ चैत्र २०७९,बुधबार

काठमाडौं । रुसको एक लडाकु विमानसँग अमेरिकाको ड्रोन ठोक्किएर दुर्घटना भएको अमेरिकी अधिकारीहरुले दाबी गरेका छन् ।

युक्रेन युद्धको विषयलाई लिएर अमेरिका र रुसबीच तनाव बढिरहेको बेला भएको यो दुर्घटनापछि दुवै देशका सेना सतर्क अवस्थामा रहेको बीबीसीले जनाएको छ ।

मंगलबार रुसीको एसयू-२७ लडाकु विमान र अमेरिकाको मानवरहीत ड्रोन आकासमा उडिरहेका थिए । त्यही क्रममा अमेरिकी ड्रोन ‘ब्ल्याक सी’मा खसेर पूर्णरुपमा क्षतिग्रस्त भएको अमेरिकी अधिकारीहरुले बताएका छन् ।

अमेरिकी वायु सेनाका अधिकारी जनरल जेम्स हेकरले आफ्नो ड्रोन अन्तर्राष्ट्रिय जल क्षेत्रमा नियमित उडानमा भइरहेको बेला रुसी जेट लडाकु विमान जानीजानी अगाडि आएर ठोक्किएको बताएका छन् ।

रुसका अधिकारीहरुले भने अमेरिकी ड्रोन आफैं कालो सागरमा खसेको बताएका छन् । रुसको विमानसँग उक्त ड्रोन नठोक्किएको रुसी अधिकारीहरुको दाबी छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद