Media Network

ताइवानमा ८० बढी भूकम्पको धक्का


खबरस्टोरी संवाददाता

११ बैशाख २०८१,मंगलवार

काठमाडौँ । ताइवानमा फेरी भूकम्प गएको छ । गएराती ताइवानको पूर्वी तटीय क्षेत्रमा ८० भन्दा बढी भूकम्पको धक्का महसुस गरिएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । तीमध्ये सबैभन्दा बढी ६ रेक्टर स्केल माथिका छन् ।

भूकम्पको केन्द्रविन्दु पूर्वी काउन्टी हुआलियनको जमिनबाट १० किलोमिटर तल रहेको जनाइएको छ । भूकम्पबाट हुआलीएनमा दुईवटा भवन भूकम्पबाट क्षतिग्रस्त भएको  र एउटा भवन भत्किएको बताइएको छ । जापान, चीन र फिलिपिन्समा पनि हल्का भूकम्पको धक्का महसुस गरिएको थियो ।

यसअघि अप्रिल ३ मा ताइवानमा ७ दशमलव ५ म्याग्निच्युडको भूकम्प गएको थियो । जसमा १४ जनाको मृत्यु भएको थियो । त्यसबेला हुआलियन सहरमा पनि भूकम्प गएको थियो । यसको केन्द्र जमिनबाट ३४ किलोमिटर तल थियो ।

सन् २०१६ मा दक्षिणी ताइवानमा गएको भूकम्पमा परी १०० जनाभन्दा बढीको मृत्यु भएको थियो । यसअघि सन् १९९९ मा ७.३ म्याग्निच्युडको भूकम्पमा २ हजारभन्दा बढीको ज्यान गएको थियो ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद