Media Network

दुबईमा भिषण बर्षा, के हो कारण ?


खबरस्टोरी संवाददाता

६ बैशाख २०८१,बिहीबार

दुबइ। सुख्खा हावापानी र अत्यधिक तापक्रमका लागि परिचित दुबईमा मंगलबार मुसलधारे पानी परे पछि जनजीवन अस्तब्यस्त भएको छ । अचानक आएको बर्षातले सम्पूर्ण मरुभूमि देशमा ठूलो बाढी निम्त्याएको थियो। अचानक भारी वर्षाले हलचल नगरको गतिलाई मात्र रोकेको छैन तर यस क्षेत्रका चरम मौसमी घटनाहरूमा जलवायु परिवर्तनको बढ्दो प्रभावको चिन्ता पनि बढाएको छ।

संयुक्त अरब इमिरेट्समा औसत वार्षिक वर्षा २०० मिमी भन्दा कम छ। गर्मीमा ५० डिग्री सेल्सियससम्म तापक्रम बढे पछि युएईमा पानीको ठूलो संकट छ । देश भूजल स्रोतमा निर्भर छ, जहाँ पानीको उपलब्धता अत्यन्तै कम रहेको छ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद