Media Network

पोर्चुगलले लक्जेम्बर्गलाई ९ गोलले हरायो


खबरस्टोरी संवाददाता

२६ भाद्र २०८०,मंगलवार

लन्डन। युरो कप छनोटअन्तर्गत सोमबार राती पोर्चुगलले लक्जेम्बर्गलाई ९–० गोलले हराएको छ।पोर्चुगलको मैदानमा भएको खेलमा गोन्कालो रामोस, गोन्कालो इनासियो र डिएगो जोताले २/२ गोल गरे।

रिकार्डो होर्टा, ब्रुनो फर्नान्डेस र जोवा फेलिक्सले पनि एक एक गोल गरे। पोर्चुगलले पहिलो हाफमा ४ र दोस्रो हाफमा ५ गोल गरेको थियो।

यो खेलमा पोर्चगिज टोलीमा विश्व कीर्तिमानी क्रिस्टियानो रोनाल्डो थिएनन्। कार्ड प्रतिबन्धका कारण उनले यो खेल गुमाएका थिए।

Share:
Reaction :
ताजा समाचार
खेलकुद