Media Network

यस्तो छ पल्लाकेली रंगशाला क्षेत्रको मौसम


खबरस्टोरी संवाददाता

१८ भाद्र २०८०,सोमबार

काठमाडौं । नेपालले इतिहासमै पहिलो पटक भारतको राष्ट्रिय क्रिकेट टीमसँग प्रतिस्पर्धाको अवसर पाउँदा वर्षात् ले खेल रोकिन सक्ने रहेको छ। ।श्रीलंकाको मौसम पूर्वानुमान विभागले आज दिनभरि नै पानी पर्न सक्ने भविष्यवाणी गरेको थियो ।

श्रीलंकाको केन्डीस्थित पल्लेकेले रंगशालामा एसिया कपको समूह चरण अन्तरगत नेपाल–भारत म्याच हुन लागेको हो । त्यहाँ खेल हेर्न पुगेका नेपालीहरूका अनुसार आज बिहानैदेखि मौसम बदली छ र अहिले सिमसिम पानी परिरहेको छ । वर्षात्ले वाधा नगरे आजको खेल नेपाली समयअनुसार दिउँसो सवा तीन बजे सुरु हुन्छ ।

आज पानी पर्ने सम्भावना ८१ प्रतिशत रहेको प्रक्षेपण गरिएको थियो । यस्तै तापक्रम २७ डिग्री सेल्सियस रहने अनुमान छ । ह्यूमिडटी ८१ प्रतिशत र हावाको गति १५ देखि २५ किलोमिटर प्रतिघण्टा रहन सक्ने बताइएको छ ।

आज मध्यान्नको समयमा पानी पर्ने सम्भावना ८९ प्रतिशत छ । यस्तै दिउँसो वर्षात्को सम्भावना ७१ प्रतिशतमा झर्ने छ भने बेलुकी ४३ प्रतिशतमा झर्नेछ । दिनको तुलनामा साँझ पानी पर्ने कम सम्भावना छ ।

खेलमा नतिजा प्राप्त गर्नका लागि पहिलो इनिङको ब्याटिङ सकिएर दोस्रो इनिङमा कम्तीमा २० ओभर ब्याटिङ भएको हुनुपर्छ । वर्षात्का कारण खेल सुरु गर्न ढिलाइ भएमा अम्पायरले ओभर घटाएर खेलाउन सक्छन् । यदि पहिलो इनिङपछि पानी परेमा विपक्षी टिमलाई परिमार्जित लक्ष्य दिइन्छ ।

आजको खेल नेपाल र भारत दुवै टिमका लागि ‘मोस्ट विन’ हो । हार्ने टीम एसिया कपबाट बाहिरिने र जित्नेले सुपर ४ मा स्थान बनाउने समीकरण छ । यदि वर्षातका कारण खेल रद्द भएमा नेपाल स्वतः बाहिरिने छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद