Media Network

आलमविरुद्ध मुद्दाका साक्षी झिकाउने आदेश


खबरस्टोरी संवाददाता

२८ माघ २०८०,आईतवार

काठमाडौं । रौतहटको राजपुर गाउँमा भएको बम बिस्फोटको घटनाको आरोपी नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहमद अफताब आलमविरुद्ध दायर मुद्दाका साक्षी झिकाउने अदालतले आदेश गरेको छ ।

जिल्ला अदालत रौतहटले पहिलो संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा रौतहटको राजपुर गाउँमा भएको बम बिस्फोट गराएको आराप लाग्दै आएको छ । आइतबार भएको आदेशमा घाइतेको फरेन्सी जाँचको प्रतिवेदन झिकाउने माग पनि गरिएको छ । 

न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासमा आलमको पेसी तोकिएको थियो । १६ वर्ष पुरानो मुद्दाको अन्तिम सुनुवाइका लागि पेसी तोकिएकोमा अझै बकपत्रका लागि साक्षीहरु उपस्थिति नभएकाले झिकाउन आदेश भएको अदालतका श्रेस्तेदार माधव ढोडारीले जानकारी दिएका छन् । 

विस्फोटक पदार्थ प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यानसम्बन्धीको कसूरको मुद्दामा अन्तिम सुनुवाइका लागि पेसी तोकिएको थियो । प्रतिवादीको तर्फबाट अधिवक्ता मोहम्मद मजरुल हक साबिर हुसेन आफताब आलम लालबाबु रायले बहस गरेका थिए । वादीका तर्फबाट पुष्प पौडेल र जिल्ला न्यायाधिवक्ता बद्रीकुमार कार्कीले बहस गरेका थिए । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद