Media Network

एक घण्टा अगावै काठमाडौं आइपुगे कतारका राजा (तस्बिर)


खबरस्टोरी संवाददाता

११ बैशाख २०८१,मंगलवार

काठमाडौं । कतारका राजालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वागत गरेका छन् ।

दुई दिने राजकीय भ्रमणका लागि नेपाल आइपुगेका थानीले आजै राष्ट्रपति पौडेलसँग शीतलनिवासमा भेट गर्नेछन् ।उनको सम्मानमा राष्ट्रपति पौडेलले आजै राजकीय भोजको आयोजना गरेका छन् ।

थानीले प्रधानमन्त्री प्रचण्डसँग पनि भेट्ने सम्झौता र समझदारीमा हस्ताक्षर गर्ने कार्यक्रम पनि छ । थानी बुधबार बेलुका स्वदेश फर्किँदै छन् ।विमानस्थलको अति विशिष्ट कक्षमा २१ तोपको सलामी दिएर थानीलाई स्वागत र सम्मान गरिएको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद