Media Network

लोसपामा विवाद : महतोले बहिस्कार गरे केन्द्रीय कार्य समिति बैठक


खबरस्टोरी संवाददाता

२४ मंसिर २०८०,आईतवार

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को दोस्रो वरियताका नेता राजेन्द्र महतोले केन्द्रीय कार्य समिति बैठकमा सहभागी नहुने भएका छन्।

लोसपाका महामन्त्री केशव झाका अनुसार कार्की ब्यांक्वेटमा बस्ने केन्द्रीय कार्य समितिको बैठकमा आगामी राष्ट्रिय सभा निर्वाचन र संगठन विस्तार लगायतका एजेण्डामा छलफल गर्ने कार्यसूची छ ।

तर पार्टीमा पछिल्लो पटक गरिएको केन्द्रीय पदाधिकारी र केन्द्रीय समिति विस्तारमा असन्तुष्ट महतोले आफ्नो मत सुनुवाइ नभएको भन्दै बैठकमा नजाने बताएका छन् ।

महतोले दुई महिना अघि बसेको कार्यकारिणी समितिको बैठकमा पुरा नेताहरु पदाधिकारी र केन्द्रीय समितिमा छुटेकाले उनीहरुलाई समेट्नुपर्ने बताएका थिए । पार्टी अध्यक्ष महन्थ ठाकुरले पनि त्यसलाई सम्बोधन गर्ने बचन दिएका थिए । तर अहिलेसम्म पनि आफ्नो मतको सुनुवाइ नभएको भन्दै महतो असन्तुष्ट छन् ।

महतो निकट केन्द्रीय सदस्य सन्तोष मेहताले भने, ‘हिजोसम्म उहाँले उहाँले बैठकमा जान्छु भन्नुभएको थियो । तर दुई महिना अगाडि भनेको कुराको सम्बोधन नहुने भएपछि म किन बैठकमा जाने भन्नुभएको छ ।’

Share:
Reaction :
ताजा समाचार
खेलकुद