Media Network

प्रधानमन्त्री प्रचण्ड र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता


खबरस्टोरी संवाददाता

१ आश्विन २०८०,सोमबार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता भएको छ ।राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन न्यूयोर्क पुगेका प्रचण्ड र गुटेरेसबीच राष्ट्रसंघको कार्यालयमा भएको भेटमा गुटेरेसले नेपालको शान्ति प्रक्रियाबारे चासो राखेका थिए ।

यस्तै शान्ति सेना, जलवायु परिर्वतन र दीगे विकास लगायतका विषयमा पनि छलफल भएको थियो ।

प्रधानमन्त्री प्रचण्डले नेपाल र संयुक्त राष्ट्रसंघबीचको सहकार्यलाई थप सुदृढ गर्न दुई जना सहमत भएको बताए ।

प्रधानमन्त्री प्रचण्ड’ शनिबार साँझ न्यूयोर्क प्रस्थान गर्ने गरेका थिए । प्रधानमन्त्री दाहालले आगामी असोज ४ गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

यस्तै परराष्ट्रमन्त्री एनपी साउद र राजनीति तथा शान्ति स्थापना मामिलाका लागि राष्ट्रसङ्घीय उपमहासचिव रोजम्यारी डि कार्लोबीच पनि भेटघाट भएको छ ।

आइतबार सम्पन्न सो भेटको उनीहरू बीच विश्व शान्ति र सुरक्षाका बारेमा छलफल भएको राष्ट्रसङ्घका लागि नेपाली नियोगले जनाएको छ । साथै शान्ति स्थापनाका लागि खेल्नुपर्ने विभिन्न मुद्दाहरूमा छलफल भएको बताइएको छ ।

भेटघाटको अवसरमा परराष्ट्र सचिव भरतराज पौड्याल, राष्ट्रसङ्घका लागि स्थायी नियोग प्रमुख लोकबहादुर थापालगायत सहभागी थिए ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद