Media Network

एनआरएनए निर्वाचनमा धाँधली भएको सीआईबीको रिपोर्ट


खबरस्टोरी संवाददाता

११ मंसिर २०८०,सोमबार

काठमाडौँ । गैर आवासीय नेपाली संघ (एनआरएनए)को निर्वाचन धाँधली भएको पाइएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले धाँधली  भएको देखाएको छ।

 गत कात्तिक ३ गते मध्यरातमा सम्पन्न संघको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा धाँधली भएको अध्यक्षका प्रत्याशी आरके शर्मा र महेश श्रेष्ठ  पक्षले बताउँदै आएका थ्एि। 

सीआईबीले झन्डै एक महिना लगाएर गरेको अनुसन्धानका क्रममा निर्वाचन निष्पक्ष नदेखिएकाले अनलाइन भोटिङ गराउने कम्पनी ‘भेरो इन्गेजमेन्ट एन्ड भोटिङ सोलुसन’बाट मतदान गरेको स्थान निर्क्योल गर्नुपर्ने आवश्यकता औँल्याइउदै निर्वाचनमा स्पस्ट धाँधली भएको प्रस्ट पारेको  छ । 

गत कात्तिक ३ गते मध्यराति निर्वाचन सम्पन्न भएसँगै सार्वजनिक गरिएको मत परिणामअनुसार अध्यक्षमा प्रत्याशीहरू आरके शर्मा र महेश श्रेष्ठलाई उछिन्दै  बद्री केसी विजयी भएको घोषणा गरिएको थियो । तर, उपाध्यक्षका उम्मेदवार डा केशव पौडेलको काठमाडौँमा खसेको मत शून्य आएको तथा केही व्यक्तिहरूले मतदानै नगरी मतदान गरिसकेको भनेर इमेल आएको पाइएकाले धाँधली भएको भन्दै शर्मा र श्रेष्ठले मत परिणाम अस्वीकार गरेका थिए । निर्वाचनको मत परिणाम सार्वजनिक भएसँगै होहल्ला र नाराबाजीका कारण तनावमय बनेको एनआरएनएको ११ औँ महाधिवेशन स्थल राजधानीको होटेल सोल्टीमा महाधिवेशनका बाँकी प्रक्रिया समेत पूरा हुन सकेको थिएन । 

विवादकै बिच बद्री केसीले कात्तिक ४ गते उनकै पक्षधर निर्वाचन समितीका सदस्य टिबि कार्कीबाट   अध्यक्ष पदको शपथ जवरजस्ती लिएका थिए भने लगत्तै शर्मा र श्रेष्ठ मिलेर सोही दिन नयाँ कमिटी घोषणा गरेका थिए । राजधानीको होटेल हिमालयमा महाधिवेशनको बाँकी प्रक्रिया पुरा गरेको दाबीसहित शर्माको नेतृत्वमा नयाँ कमिटी घोषणा गरेको असन्तुष्ट पक्षले सोही दिन प्रधानमन्त्री कार्यालय, परराष्ट्र मन्त्रालयका साथै केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०मा निवेदन दिएको थियो । सीआईबीमा दिइएको निवेदनमा दोषीमाथि साइबर अपराधको मुद्दा चलाउनसमेत माग गरिएको थियो । 

सोहीअनुसार एक महिनासम्म अनुसन्धान गरेको सीआईबीको प्रतिवेदन प्रधानमन्त्री कार्यालयका साथै सम्बन्धित निकायसम्म पुगिसके पनि हालसम्म सार्वजनिक भने गरिएको छैन ।

गृह मन्त्रालय स्रोतबाट हामीलाई प्राप्त सीआईबीको अनुसन्धान प्रतिवेदनको निष्कर्ष खण्डमा भनिएको छ, ‘ग्लोबल बाट मतदान गर्नेमा रजिस्टर्ड भई विश्व बराल  र टीका कार्कीले  आफूले मतदान नगरी नै निजहरूले सक्सेसफुल्ली मतदान गरेको म्यासेज प्राप्त भई कम्प्लेन गरे पश्चात निजहरूको नामबाट नेपालमा मतदान गरी सकेको पाइएपछि उक्त पहिले गरेको मतदान रद्द गरी पुनः दोस्रो पटक निजहरूलाई मतदान गर्न दिएको देखिँदा निजहरूको नामबाट नेपालमा मतदान गर्ने व्यक्तिहरू आधिकारिक मतदाता हुन वा अन्य व्यक्तिहरू हुन, व्यक्तिगत रूपमा प्राप्त हुने आइडीलाई प्रयोग गरी अन्य व्यक्तिहरूले मतदान गरेको तथा नेपालबाट मतदान गर्नुपर्ने ९ जनाको समेत ग्लोबल फेसियल भेरिफिकेसन बाइपास गरेको र ५ जनाको दुवै स्थानबाट फेसियल भेरिफिकेसन बाइपास गरी  मतदान गरेको पाइएकोले उक्त निर्वाचन निष्पक्ष तवरबाट नभई मेनुप्युलेसन ९हेरफेर० भएको  देखिएकोले कानुनी रूपमा भेरो इन्गेजमेन्ट एन्ड भोटिङ सोलुसन बाट मतदान गरेको स्थल निक्यौल गर्नुपर्ने पनि जनाईएको छ ।’

सीआईबीले संघ र भेरोबीच भएको सम्झौताअनुसार चुनाव हुनु ५ दिनअघि नै मतदाता नामावली उपलब्ध गराउने उल्लेख भए पनि २ दिन अगाडि मात्रै पठाइएको पाइएको प्राप्त प्रमाणहरूको विश्लेषण गर्दा देखिएको उल्लेख गरिएको छ ।

यस्तै मतदान परिणाम प्रकाशनको समयमा प्रथम पटक भेरोबाट उपाध्यक्षको उम्मेदवार पौडेलले प्राप्त गरेको मत परिणाममा नेपालबाट शून्य र ग्लोबल (नेपालबाहिर) बाट १२४४ मत परिणाम गरी जम्मा १२४४ मत प्राप्त गरेर पराजित भएको देखिएको रिपोर्टमा उल्लेख गरिएको छ ।

तर रीजनवाइज (क्षेत्रगत)रूपमा प्राप्त मत परिणामको योगफल १६०० नै रहन गएको पाइएको भन्दै सीआईबीले भनेको छ, ‘ पुनः प्राप्त मत परिणाममा नेपाल तर्फ ३५६ र ग्लोबलबाट १२४४ गरी १६०० तथा रिजनतर्फको योगफल पनि १६०० भएको र विजय भएको पाइयो । मतदान कार्यको विश्लेषण गर्दा नेपालबाट मतदान गर्न रजिस्टर  ८२६ जना मध्ये जम्मा मत ७९१ खसेकोमा नेपालबाट मतदान गर्न पाउने ९ जनाको समेत ग्लोबल फेसियल भेरिफिकेसन बाइपास  गरी मतदान गरेको पाइयो ।’

यस्तै  सोही ९ जना मध्येबाट ५ जनाको नेपाल तथा ग्लोबल दुवै स्थानमा ग्लोबल फेसियल भेरिफिकेसन बाइपास भएको पाइएको पनि सीआईबीको निष्कर्ष छ । साथै नेपालबाट जम्मा ९६ जनाको ग्लोबल फेसियल भेरिफिकेसन बाइपास गरेको र ग्लोबलबाट मतदान गर्नेहरूमध्ये १२८ जनाको ग्लोबल फेसियल भेरिफिकेसन बाइपास गरेको पाइएको पनि बताइएको छ । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद