Media Network

इजरायली राजदूतावासले मनायो ७५औँ स्वतन्त्रता दिवस


खबरस्टोरी संवाददाता

२९ बैशाख २०८०,शुक्रबार

काठमाडौँ । इजरायलले नेपालमा पनि आफ्नो ७५औँ स्वतन्त्रता दिवस विशेष कार्यक्रम आयोजना गरी मनाएको छ । नेपालस्थित इजरायली राजदूतावासले बिहीबार विशेष कार्यक्रम आयोजना गरी ७५औँ स्वतन्त्रता दिवस मनाएको हो ।

इजरायली राजदूतावासद्वारा स्वतन्त्रता दिवसको अवसरमा आयोजित कार्यक्रममा उपराष्ट्रपति रामसहाय प्रसाद यादवलाई प्रमुख अतिथि र परराष्ट्रमन्त्री एनपी साउदलाई विशेष अतिथिको रूपमा निम्त्याएको थियो ।

कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता तथा सांसद, नेपालस्थित विभिन्न कूटनीतिक निकायका प्रतिनिधि, परराष्ट्र मामिला विषयका जानकार, विभिन्न क्षेत्रका विशिष्ट व्यक्ति, सञ्चारकर्मीसहित करिब ४ सय जनाको सहभागिता रहेको थियो ।

कार्यक्रममा इजरायली राजदूत हनान गोदेरले अतिथिलाई स्वागत गर्दै नेपाल–इजरायल सम्बन्धका विविध विषयका बारेमा चर्चा गरेका थिए । ‘इजरायल र नेपालका थुप्रै मान्यता र चुनौतीहरू समान स्तरका छन् । इजरायल र नेपाल दुवै साना देश हुन् । त्यसैले हामीले आपसी सम्बन्धको पुललाई अझ बलियो बनाउँदै लैजानु आवश्यक छ,’ कार्यक्रम उनले भने ।

नेपाल र इजरायल सधैँ असल मित्रको रूपमा रहने विश्वास पनि राजदूत हनान गोदेरले व्यक्त गरे । कार्यक्रममा इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले ७५औँ स्वतन्त्रता दिवसको अवसरमा सार्वजनिक गरेको भिडियो सन्देश पनि देखाएको थियो ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद