Media Network

पटक पटक नेतृत्व त्याग गरेका खरेल कोर्दै छन् एनआरएनए अष्ट्रेलियाको भविष्य


खबरस्टोरी संवाददाता

७ श्रावण २०८०,आईतवार

काठमाडौं।सन् २००६ देखि गैर आवासीय नेपाली (एनआरएन) अभियानमा अनवरत आबद्ध युवा डिला खरेल समुदायको लागि सधैं दिने तर कहिल्यै पद नखोज्ने एक समाजसेवी हुन् । एनआरएन अभियानलाई बलियो बनाउन उनले सधैं निस्वार्थरुपले काम गर्दै आएका छन् । 

उनी सन् २०१५ मा एनआरएनए अष्ट्रेलियालाई अष्टे«लियन सेक्युरिटिज एण्ड इन्भेष्टमेन्ट कमिस (एसआईसी) मा दर्ता गरी फेडरल इंटिटीको निर्माण गर्ने प्रमुख व्यक्ति पनि हुन्  । उनले २०१३–१५ कार्यकालमा विद्यार्थीहरुका लागी विद्यार्थी सहयोगी पुस्तिका प्रकाशन गरेका थिए । उनले युवाहरुको रोजगारी तथा व्यक्तित्व विकासका लागी विभिन्न तालिम,सेमिनार र प्रशिक्षण आयोजना गरी निरन्तर काम गरेका थिए । उनकै अगुवाइमा व्यवसायीहरुका लागी सन् २०१५ मा उद्यमी सम्मेलनको शुरूवात गरिएको थियो जुन अहिले पनि निरन्तर छ । त्यस्तै उनकै पहलमा नेपालमा पर्यटन प्रवर्द्धनका लागि अस्ट्रेलियाका हरेक शहरमा नेपाली झण्डा फहराउने कामको शुरूवात गरिएको थियो। 

यसैगरी उनकै सक्रियतामा  नेपाल हाउस प्रदर्शनी केन्द्र मार्फत मौलिक नेपाली भाषा, संस्कृति, कला तथा भेषभूषाको प्रदर्शनीको प्रारम्भ सन् २०१२ मा सिडनी नेपाल फेस्टीभलबाट गरिएको थियो  । उनले वैदेशिक लगानी कम्पनी, एनआरएनए अष्ट्रेलिया हाइड्रो, मार्फत नेपालको जलश्रोत क्षेत्रमा लगानीको लागि सहजकर्ताको भूमिका पनि निर्वाह गरेका थिए । उक्त कम्पनीले नेपालमा ४ करोड ३२ लाख लगानी गरिसकेको छ । उनी एनआरएनए अष्ट्रेलिया र केन्द्रका विविध कार्यक्रम र अभियानहरुका सहयोगी, सहजकर्ता एवं स्पन्सर पनि हुन् ।

उनले २०१९–२१ मा एनआरएनए आइसीसीको ट्रेड, इनभेस्टमेण्ट, उद्यमशीलता कमिटी तथा टास्कफोर्समा उपसंयोजकका रूपमा काम गरे । अष्ट्रेलियास्थित नेपाली युवा, विद्यार्थी लगायत सम्पूर्ण नेपाली समुदायको सेवाका लागि मेरो उम्मेदवारी हो । साथै, हामीले प्रवासमा आर्जन गरेको सीप, श्रोत र अनुभव नेपाल र नेपालीको हितमा उपयोग गर्नका लागि पनि म प्रतिबद्ध छु,’ खरेलले भने ।   


Share:
Reaction :
ताजा समाचार
खेलकुद