Media Network

राष्ट्रपति पौडेलसँग युएईका राजदूत अल-सम्शीको शिष्टाचार भेट


खबरस्टोरी संवाददाता

१६ श्रावण २०८०,मंगलवार

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि संयुक्त अरब इमिरेट्सका राजदूत अब्दुल्ला सइद मुबारक जारवान अल–सम्शीले राष्ट्रपति भवन शीतल निवासमा मंगलबार शिष्टाचार भेट गरेका छन्।

भेटका अवसरमा राष्ट्रपति पौडेल र राजदूत सम्शीबीच दुई देशबीच रही आएको सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद